
काठमाडौँ, १२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई प्रदेश प्रमुखहरु नियुक्त गरेकी छन् ।
गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई प्रदेश प्रमुखका रुपमा राष्ट्रपति भण्डारीले नियुुक्त गरेकी राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई प्रदेशका हाल रहेका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै गुरुङ र शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको विज्ञप्तिमा भनिएको छ ।













प्रतिक्रिया