१६ कार्तिक २०८३, सोमबार

नेपालमा कोरोनाको थप नयाँ भेरियन्ट पुष्टि

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ साउन । नेपालमा कोरोना भाइरस (कोभिड -९) को नयाँ भेरियन्ट पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत तेस्रो लहरको नयाँ भेरियन्ट पुष्टि भएको जनाएको छ ।

गत असार ३० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४७ वटा नमुना छनोट गरी भारत पठाइएको थियो । विश्व स्वास्थ्य संगठन लगायतको समन्वयमा परीक्षण गरिएका सबै नमुनाहरुमा डेल्टा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, ३ वटामा थप उत्परिवर्तन पनि भेटिएको मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयले यससँगै नेपालमा तेस्रो भेरियन्ट पुष्टि भएको छ । मन्त्रालयले यी भेरियन्टहरु सबै उमेर समूहकालाई थप संक्रामक हुने बताउँदै सजग रहन आग्रह गरेको छ ।