शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

यस्ता छन् सरकारका पाँच निर्णय

दैनिक नेपाल २०७८ साउन १२ गते १८:४३

काठमाडौँ, १२ साउन । मन्त्रिपरिषदको मंगलबारको बैठकले पाँच वटा निर्णयहरु गरेको छ ।

बैठकले गण्डकीकी प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाउने निर्णय गरेको छ ।

संविधानको धारण ६६ को उपधारा (२) बमोजिम उनीहरुलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

त्यस्तै, सरकारले गण्डकीको प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनीको प्रमुखमा अमिक शेरचनलाई नियुक्तीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, बैठकले नेपाली सेनाको बलाधिकृत रथी प्रभुराम शर्मालाई साउन २६ गते देखि लागू हुने गरी कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी तोक्न सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारले बेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल र सदस्यहरुमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित