शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

गण्डकी प्रदेश प्रमुखका लागि माओवादीद्वारा अमिक शेरचन सिफारिस

दैनिक नेपाल २०७८ साउन १२ गते १६:४५

काठमाडौँ, १२ साउन । गण्डकी प्रदेश प्रमुखमा नियुक्तिका लागि नेकपा माओवादी केन्द्रले अमिक शेरचनलाई सिफारिस गरेको छ ।

मंगलबार आकस्मिक बसेको स्थायी कमिटी बैठकले शेरचनलाई गण्डकी प्रदेशको प्रमुख नियुक्ति गर्न सिफारिस गरेको हो ।

यसअघि पनि शेरचन प्रदेश प्रमुख रहेका थिए ।

ओली नेतृत्वको सरकार हटेपछि तुरुन्तै प्रदेश प्रमुख फेर्ने तयारीमा सरकार लागेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुख फेर्न तयारीमा छ ।

प्रतिक्रिया
सम्बन्धित