शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

इजरायल जान १ हजार जना केयरगिभरका लागि खुल्यो अनलाइन आवेदन

दैनिक नेपाल २०७८ साउन १२ गते १०:४७

काठमाडौं, १२ साउन । इजरायलले नेपालबाट सुसारे अर्थात् केयर गिभरको रुपमा १ हजार नेपाली दक्ष श्रमिकको माग गरेपछि वैदेशिक रोजगार विभागले आवेदन खुलाएको छ ।

इजरायलबाट बालबालिका र वृद्धवृद्धाको हेरचाह गर्ने कामदारको रुपमा माग आएको हो । इजरायल र नेपाल सरकारबीच भएको सम्झौता अनुसार इजरायलबाट माग आएको र आज विज्ञापन खुलाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा काम गर्नका लागि योग्यता पुगेका नेपाली नागरिकका लागि आवेदन खुला गरिएको हो । आवेदन खुला भएको मितिले २१ दिनभित्रमा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले विभागको वेबसाइटबाट आवेदन दर्ता गराइसक्नु पर्ने छ ।

अनलाइन आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटमा उपलब्ध छ । नेपालबाट २५ देखि ४५ वर्ष उमेरका, कक्षा १२ उत्तीर्ण गरेका, सम्बन्धित कामका लागि तालिम लिएका तथा स्वास्थ्यसम्बन्धी विषय पढेका व्यक्ति इजरायल जान पाउने छन् ।

नेपाल र इजरायल सरकारबीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा श्रम सम्झौता भएको थियो । प्रतिष्पर्धाको आधारमा श्रमिक छनोट हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित