बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एनएमबि बैंकमा २४ घण्टाभित्रै अटो लोन स्कीकृत हुने

दैनिक नेपाल २०७८ साउन १२ गते ९:५३

काठमाडौं, १२ साउन । एनएमबि बैंक लिमिटेडले अटो लोन ८.४९ प्रतिशत प्रति वर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको छ ।

निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ बर्ष सम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको हो । विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकवर्गको आफ्नै गाडी चढने सपना पुरा गर्न समान ब्याजदरले झन सघाउ पु¥याउने विश्वास लिईएको छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । थप जानकारीको लागि ०१–५९७१५० मा फोन गर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित