शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

एनआरएनए स्पेनको अध्यक्षमा डम्रे विजयी

दैनिक नेपाल २०७८ साउन १२ गते ८:०८

बार्सिलोना । एनआरएनए स्पेनको सातौँ अधिवेशनबाट अध्यक्षमा शालिकराम डुम्रे विजयी बनेका छन् ।

अध्यक्षका अर्का प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दै डुम्रे निर्वाचित भएका हुन्। डुम्रेले एक हजार १८ मत प्राप्त गरे भने राईले ८६३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

डुम्रे नेपाली जनसम्पर्क समिति स्पेनका पूर्वअध्यक्षसमेत हुन् भने राई एनआरएनए स्पेनको निवर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् ।

नेपाली जनसम्पर्क समिति स्पेनको समर्थन रहेको डुम्रे नेतृत्वको समूह नै निर्वाचनमा विजयी बनेको छ। यद्यपि समितिबाट सबै पद संख्या बराबर उम्मेदवारहरू खडा गरिएको थिएन ।

दुई हजार १९ पंजीकृत सदस्यहरूरहेको स्पेनमा एक हजार ९०४ जनाले अनलाइनमार्फत मतदान गरेका थिए । कुल मतदातामध्ये ९४ प्रतिशतले मतदानमा भाग लिएका छन् । यो एनआरएनए स्पेनको इतिहासमै सर्वाधिक बढी खसेको मत हो ।

सोमबार बिहान १० बजेदेखि सुरु भएको मतदान राति १० बजे सम्पन्न भएको थियो। अनलाइन भोटिङ्गको जिम्मेवारी साइटल इलेक्सन टेक्नोलोजी एसएल कम्पनी बार्सिलोनाले लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित