शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन र बैंकिङ क्षेत्रमा यसको असर

मनोज ज्ञवाली २०७८ साउन ११ गते २१:४६

-मनोज ज्ञवाली

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको निर्देशनले बैंकिङ क्षेत्रमा कस्तो असर गर्दछ त ? यस लेखमा प्रस्तुत गरिएको छ ।

१. असल वर्गमा वर्गिकरण रहेका कर्जाहरुमा हाल १% कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने मा अब १.३०% कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने ।

असरःयसले गर्दा हाल कायम रु. ४१.५ खरबमध्ये खराब कर्जा, वाचलिस्टको कर्जा र पुनरतालीकिकरण गरिएका कर्जा घटाउदा रु. ३९ खरब मा थप ०.३०% नोक्सानी व्यवस्था गर्दा रु ११.७ अरब थप कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने देखिन्छ । यसले बैकिङको खुद मुनाफा रु ७.४ अरबले घट्ने देखिन्छ । बढि कर्जा रकम रहेका बैकहरुको मुनाफामा आ.व. २०७७/७८ मा बढि असर पर्ने देखिन्छ ।

२. कोरोना प्रभावित व्यवसायलाई नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप नै थप गरिएको चालुपुँजीको २०% र आवधिक कर्जाको १०% को हकमा निर्धारित समयमा भुक्तानी हुन नसकेमा ५% कर्जा नोक्सानी ब्यबस्था कायम गर्नुपर्ने । भुक्तानी अवधि १ वर्षसम्म थप गर्न सक्ने ।

असरः यसले गर्दा २५% वा सो भन्दा बढि कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएका कर्जाहरु पनी ५% कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुदा मुनाफामा सकारात्मक असर नै पर्ने देखिन्छ । भुक्तानी नियमित भएका कर्जाहरुमा असल कर्जा जस्तै १.३०% गरे पुग्ने देखिन्छ ।

३. आ.व. २०७७/७८ को अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशत गर्न साउन मसान्तसम्म सम्म समय थप ।

असरः बैकिङले वित्तीय वितरण प्रकाशित गर्न थप समयाबधी पाउने हुँदा खराब कर्जा व्यवस्थापनमा सहजता हुने, असुलीमा समायावधि थप प्राप्त हुने ।

४. २०७८ असार मसान्त भित्रमा असुल हुनुपर्ने ब्याज रकमलाई असुल गर्ने समयाबधि भदौ १५ गते सम्म दिने ।

असरः बैंकिङले वित्तीय बितरण प्रकाशित गर्न थप समयावधि पाउने हुँदा खराब कर्जा व्यवस्थापनमा सहजता हुने र बैकिङको वितरण योग्य मुनाफामा वृद्धि हुने ।

५.कर्मचारीको दक्षक अभिवृद्धिको लागी गर्नुपर्ने कूल तलब भत्ता खर्चको घ% रकम खर्च गर्नुपर्ने व्यवस्था २०७७/७८ को लागि अनिवार्य नहूने ।

असरः कोरोनाको बेलामा तालिम खर्च हुन मुस्किल हुने अवस्थालाई सहजता प्रदान गर्दा बैकिङको मुनाफामा सकारात्मक असर पर्ने ।

६. आ.व.२०७७/७८ को लाभांश वितरण गर्दा खुद वितरणयोग्य मुनाफाको १०% वा २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत दरको प्रतिशत भन्दा बढि नहूने गरि बितरण गर्न सकिने । यस्तो वितरण योग्य मुनाफा ५% भन्दा कम भएमा कर प्रयोजनको लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने ।

असरः बैंकिङको लाभांश नगदको साटो बोनस शेयरको रुपमा निर्णय हुने । गत वर्षकै व्यवस्था कायम रहेको । बैंकिङको निक्षेपको औसत भारित ब्याजदर ४.७५% रहेको छ । यसर्थ नगद लाभांश ५% को हाराहारी मात्रै रहने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित