शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

पार्टी एकतामा थप प्रयास गर्ने नेपाल पक्षको निष्कर्ष

दैनिक नेपाल २०७८ साउन ११ गते १९:०७

फाइल तस्वीर

काठमाडौँ, ११ साउन । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको बैठक सकिएको छ ।

आइतबार र सोमबार लगातार दुई दिन बसेको सो पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ ।

त्यस्तै, अध्यक्ष केपी शर्मा ओली र नेता नेपाललाई एकता विथोलिने खालको अभिव्यक्ति नदिन र भेटवार्ता गर्न पनि बैठकले आग्रह गरेको छ ।

त्यस्तै, पार्टी एकताका लागि भइरहेका प्रयासहरु सकारात्मक भएको पनि बैठकले निष्कर्ष निकालेको छ ।

बैठकपछि नेताहरुले प्रतिक्रिया दिँदै एकताका लागि भइरहेका प्रयासहरु सकारात्मक भएको बताए ।

नेता रघुजी पन्तले भने, ‘नेकपा एमालेका देशभरिका कार्यकर्ता, मतदाता र मुलुकको राष्ट्रियता र लोकतन्त्रलाई माया गर्ने जनता एमालेको एकता चाहन्छन् भन्ने आत्मबोध गरिएको छ । त्यसैले पार्टी एकतालाई गम्भीरतापूर्वक अघि बढाउँदै सफल बनाउनुपर्छ भन्नेमा जोड दिइएको छ ।’

प्रतिक्रिया
सम्बन्धित