शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बढ्दै संक्रमण, थप ३ हजार ४२१ जनामा कोरोना पुष्टि, २५ को मृत्यु, १६ सय ८६ निको

दैनिक नेपाल २०७८ साउन ११ गते १६:५१


काठमाडौँ, ११ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ३ हजार ४२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ हजार २४० र एन्टिजेन विधिबाट ५ हजार ३२ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ४२१ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ७ लाख ३८ हजार ९१८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६८६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ४५ हजार ३०१ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ जना रहेको छ ।

हालसम्म १४ लाख २३ हजार ४१६ जनाले पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ७३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित