शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

गाउँ पसेको चितुवा स्थानीयवासीले नियन्त्रणमा लिए

दैनिक नेपाल २०७८ साउन ११ गते १५:२९

सांकेतिक तस्वीर

बाग्लुङ, ११ साउन । बागलुङ नगरपालिका–१४ नारायणस्थानका स्थानीयवासीले चितुवा नियन्त्रणमा लिएका छन् ।

स्थानीय भक्तबहादुर सुनुवारले कुखुराको सुरक्षाका लागि निर्माण पासोमा परेर आइतबार चितुवा नियन्त्रणमा आएको हो । केही दिनयता गाउँमा चितुवा पसेर दर्जनौँ कुखुरा र बाख्रा खाएपछि पासो बनाएर थापेको उनले बताए ।

फलामको बाकसमा तारजाली लगाएर बनाइएको सो पासोमा चितुवा फसेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । “बिहानै मलाई पनि खबर आयो, इलाका प्रहरी कार्यालयमार्फत, वन कार्यालयमा सूचना गर्यौं” वडाध्यक्ष चक्रबहादुर खत्री भन्छन्, “डिभिजन वन कार्यालयको टोलीले पनि चितुवाको व्यवस्थापन गर्न सकेन थप प्रयास भइरहेको छ ।”

वयस्क चितुवा निकै चलाख देखिएकाले प्रविधिबिना व्यवस्थापन कठिन रहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताए । नियन्त्रणमा लिइएको चितुवालाई जङ्गलमा छोड्नुपर्ने भएकाले पासोबाट निकालेर अर्को खोरमा राख्न समस्या भएको हो । चितुवा हेर्नेको भीड लागेको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित