
काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी (जसपा) विभाजनका लागि सनाखत गर्न केन्द्रीय कार्यकारिणी परिषदका सदस्य रेशम चौधरीले अस्वीकार गरेका छन् ।
आज सोमबार निर्वाचन आयोगका कर्मचारीले डिल्लीबजार कारागारमा पुगेर सनाखत गराउन खोजे पनि चौधरीले आयोगमै उपस्थित हुने अडान लिँदै सनाखत गर्न अस्वीकार गरेका हुन् । चौधरीलाई आयोगमै उपस्थित गराउनेबारे गृह मन्त्रालय र कारागार विभागसँग आयोगले समन्वय गरिरहेको बताइएको छ ।
जसपाको आधिकारिकता विवादको छिनोफानो निर्वाचन आयोगले आज गर्दैछ । त्यसका लागि जसपाको कार्यकारिणी परिषदका सदस्यहरु निर्वाचन आयोग पुगेका छन् भने आयोगले अहिले सनाखत गरिरहेको छ ।















प्रतिक्रिया