८ कार्तिक २०८३, आइतबार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवारी पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ११ साउन । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी विनोद कुमार कार्की पक्राउ परेका छन् ।

दमक नगरपालिका–५ ठेगाना भएका ४७ वर्षीय कार्कीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७७ मंसिर ३० गतेको फैसलाले उनलाई बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, ७ लाख रुपैयाँ जरीवाना र २८ हजार रुपैयाँ पीडित राहतकोषमा क्षतिपूर्ति दाखिला गर्नुपर्ने ठहर गरेको थियो ।

तर, उक्त सजायबाट भोग्नबाट फरार रहेका उनलाई पक्राउ गरी प्रहरीले फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराएको छ ।