शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सनराइज बैंकको शाखारहित बैंकिङ्ग र एटिएम सेवा बिस्तार

दैनिक नेपाल २०७८ साउन ११ गते ८:५६

काठमाडौं, ११ साउन । सनराइज बैंक लिमिटेडले विभिन्न स्थानमा शाखारहित बैंकिङ र एटिएम सेवा विस्तार गरेको छ ।

बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं.–२, बिसुनपुर्वा, बारामा शाखारहित बैंकिङ्ग सेवा र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.६,बर्मेलीटोलमा स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेक्वामा ए.टि.एम सेवाको सुरुवात गरेको विज्ञप्तिमा उल्लेख छ ।

छुटाछुटै कार्यक्रमका शाखारहित बैंकिङ्ग सेवा उद्घाटन कार्यक्रमको प्रमुख आतिथिमा बारागढी गाउँपालिका वडा नं.–२ बिसुनपुर्वाका अध्यक्ष कृष्ण चौधरी, सन्राइज बैंक निजगढ शाखाका शाखा प्रबन्धक प्रद्युम्न आचार्यको सभा अध्यक्षता र इलाका प्रहरी कार्यालय बारागढी गा.पा.को प्रमुख श्रीमती उमा शंकर गुप्ताको विशेष आतिथ्यता तथा बैंकका अन्य कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

साथै ए.टि.एम सेवा समुद्घाटन कार्यक्रम सनराइज बैंकका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख सुनिल मण्डलको प्रमुख आतिथ्यता, सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण, गणपति सशस्त्र प्रहरी उपरीक्षक धुब्र बहादुर कार्कीको अध्यक्षता र कपिलवस्तु नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रामदिनेश यादवको आतिथ्यतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित