बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अमेरिकामा नेजाको अध्यक्षमा न्यौपाने निर्वाचित

दैनिक नेपाल २०७८ साउन ११ गते ८:२५

विजय थापा

डिसी । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्ष पदमा विकासराज न्यौपाने निर्वाचित भएका छन् ।

अमेरिकामा सम्पन्न सातौँ अधिवेशन तथा १४औँ साधारण सभाले न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको हो । न्यौपाने ३८ मतका साथ विजयी भएका हुन् ।

अध्यक्ष पदमा न्यौपानेका साथै गोकुल ढकाल, किरण मरहठ्ठा, निदेश अधिकारी, अनुज थापा तथा विष्णुहरि घिमिरेले उम्मेदवारी दिएका थिए ।

अध्यक्ष पदमा उम्मेदवारी दिनेमध्ये सबैभन्दा पहिले निदेश अधिकारीले उम्मेदवारी फिर्ता लिई गोकुल ढकाललाई समर्थन गर्ने घोषणा गरेका थिए ।

किरण मरहठ्ठा त्यसपछि विष्णुहरि घिमिरेले अन्तिममा उम्मेदवारी फिर्ता लिएपछि अध्यक्ष पदको चुनावी प्रक्रियामा ३ जना मात्र उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

अन्तिम समयमा पनि अध्यक्ष पदका प्रत्यासीहरू विकासराज न्यौपाने, गोकुल ढकाल तथा अनुज थापाबीच सहमति गर्नको लागि छलफल र कुराकानी भएको थियो । सहमति नपुगे पछि चुनावमा जानु परेको थियो ।

कोषाध्यक्ष पदमा प्रभात भट्टराई तथा सचिवमा कल्पना घिमिरे निर्विरोध भएका छन् । सदस्यहरूमा अनिल अधिकारी, बाबुराम दाहाल, सँगम बानिया तथा ज्ञानप्रसाद शर्मा निर्विरोध भएका छन् ।

क्षेत्रीय संयोजकमा शिव नेपाल, बिराज भण्डारी, लीलादेवी ओझा, गोकुल श्रेष्ठ तथा सृजन पण्डित निर्विरोध भएका छन् । उपाध्यक्षमा मच्छेदेवी गुरुङ बिजयी भएकी छिन् । महासचिवमा सुरज भण्डारीले ४१ मत प्राप्त गरि बिजयी भएका छन् ।

अधिवेशनमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल रहेका थिए । पोखरेलले नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा शुभकामना पनि दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित