बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एनआईसी एशिया बैंकको मोबाइल एपमार्फत आइपीओ भर्न सकिने

दैनिक नेपाल २०७८ साउन १० गते १९:५३

काठमाडौँ, १० साउन । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूका लागि नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आइपीओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ ।

यस बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिनु भएका ग्राहक महानुभावहरूले यस नवीन सेवा अनुसार आइपीओ खुलेका शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नुहुनेछ ।

कोभिड १९ महामारीको जोखिम कायम रहेका बेला ग्राहक महानुभावहरुलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आइपीओ आवेदन लिँदै आएकोमा अब देखि बैंकसम्म नपुगी एनआईसी एशिया मोबाइल बैंकबाट आइपीओ आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको हो ।

यस बैंकको NIC ASIA MoBank प्रयोगकर्ता महानुभावहरूले एप भित्र रहेको एप्लाई सेयर आइकनमा ट्याप गरेर आवेदन दिन सक्नेछन् । एप्लाई सेयर आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपिओ खुलेका कम्पनीहरूमध्ये आफूले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ ।

त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर सब्मिट गरेपश्चात आवेदन पूरा हुनेछ ।

ग्राहक महानुभावहरूले आफ्नो स्मार्टफोन प्रयोग गरी आइपीओ आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर आवेदन दिनुपर्ने झन्झबाट ग्राहक महानुभावहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

यसरी घरमै बसेर भर्ने सुविधा लिनका लागि बैंकका ग्राहक महानुभावहरूलेNIC ASIA MoBank डाउनलोड गरी तथा यस बैंकमा डिम्याट खाता खोली वा अहिलेसम्म बैंकमा आबद्ध नहुनुभएमा यस बैंकमा बचत खाता खोलेर NIC ASIA MoBank डाउनलोड तथा यस बैंकमा डिम्याट खाता खोल्नु भई समयमै आइपीओ भर्ने सुविधाबाट लाभान्विन हुन सक्नुहुनेछ ।

साथै, बैंकले आफ्नो वेबसाइट www.nicasiabank.com मा रहेको एप्लाई नाउ आइकनमा ट्याप गरेर समेत आइपीओ आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित