
काठमाडौँ, १० साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २ हजार २३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १० हजार ५६९ र एन्टिजेन विधिबाट ३ हजार २६५ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार २३७ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ७ लाख ३४ हजार ७९९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ५० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ४३ हजार ६१५ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २७ हजार २२८ जना रहेको छ ।
हालसम्म १३ लाख ९८ हजार १७८ जनाले पूर्ण खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ७१३ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया