७ कार्तिक २०८३, शनिबार

नेप्सेमा नयाँ रेकर्ड, १४ अर्ब बढीको कारोबार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० साउन । साताको पहिलो दिन नेप्से परिसूचक ५४.३१ अंकले बढेको छ ।

केही समय देखि ओरालो लागेको नेप्से आइतबार बढेर ३०५८.६४ विन्दुमा पुगेको हो ।

यो परिसूचक अहिलेसम्मकै उच्च अंक हो । त्यस्तै, आज निकै दिनपछि कारोबार रकम १४ अर्ब माथि पुगेको छ ।

यसअघि गत असार १ गते १६ अर्ब ५२ करोड कारोबार भएको थियो । आज ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता सेयर किनबेचमा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १४८ रूपैयाँ कारोबार भयो । आजको बजारमा बैंकिङ समूहको ३.४३ प्रतिशतले वृद्धि भएको छ ।