
झापा, १० साउन । झापाको दमक नगरपालिकामा एक हप्ता निषेधाज्ञा हुने भएको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि नगरपलिकाले साउन ११ गते विहान ४ बजेदेखि साउन १७ गते मध्यराति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा गर्ने विज्ञप्तिमार्पत जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘दमक नगरपालिका क्षेत्रभित्र कोरोना भाइरस संक्रमण फैलदो क्रममा रहेको हुँदा मिति२०७८ साउन११ गते बिहान ४ बजेदेखि २०७८ साउन १७ गते मध्य राति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा लागू गरिएको सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।’
त्यस्तै, नगरपालिकाले अनुमति नलिइ अत्यावश्यक काक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ भने व्यापार, व्यावसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, सम्पूर्ण वित्तीय संस्था र सबै प्रकारका सावारी साधन पूर्णरुपले बन्द हुनेछन् ।













प्रतिक्रिया