८ कार्तिक २०८३, आइतबार

माधव नेपाललाई माफी दिए पार्टीले दिने हो मैले होइन : अध्यक्ष ओली

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई आफूले नभइ माफी दिए पार्टीले दिने स्पष्ट पारेका छन् ।

पार्टी अनुशासनविपरीत गतिविधि गर्ने जोसुकैलाई पनि कारवाही र माफी आफूले नभइ पार्टीले गर्ने उनको भनाइ छ । अखिल नेपाल महिला संघको जारी पहिलो सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै ओलीले केही दिनअघि माधव नेपालले महाराजधिराजबाट ‘माफी उवाच’ भएको भनी गरेको टिप्पणीप्रति जवाफ दिँदै ओलीले सो कुरा बताएका हुन् ।

‘माधव नेपाललाई माफी दिने म को हुँ ? दिए पार्टीले दिन्छ,’ ओलीले बैठकमा भनेका छन् । पार्टी एकता भन्दै अहिलेसम्म पनि माधव नेपाल एमालेविरुद्धको गठबन्धन बैठकमा सहभागी भइरहेकोप्रति ओलीले आपत्ति जनाएका छन् ।