८ कार्तिक २०८३, आइतबार

तनहुँमा १९ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, दुईजना पक्राउ परे पनि तीन जना अझै फरार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १० साउन । तनहुँमा १९ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ ।

बलात्कारमा संलग्न भानु नगरपालिका–३ चाम्बास बस्ने २४ वर्षीय अशोक गुरुङ लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई गुरुङ लगायत ५ जनाले सामुहिक करणी गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले गुरुङ समेत २ जनालाई पक्राउ गरेको छ भने अझै तीनजना फरार छन् । घटनामा संलग्न हाल फरार ३ जनाको खोजी गर्नाका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।