८ कार्तिक २०८३, आइतबार

एमालेलाई विभाजनबाट रोक्न कार्यदलका नेतासँग सांसदहरूले छलफल गर्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । नेकपा एमालेलाई विभाजनबाट रोक्नका लागि कार्यदलका नेताहरुसँग आज एमालेका सांसदहरुले छलफल गर्ने भएका छन् ।

एमाले विभाजन हुन नदिन र पार्टीमा सुदृढ एकता कायम गर्न गठित सांसदहरुको अनौपचारिक फोरमले उक्त छलफल गर्न लागेको हो ।

सिंहदरबारमा आज आइतबार दिउँसो हुने छलफलमा कार्यदलका नेताहरु सबैलाई एकै ठाउँमा राखेर सांसदहरुले १० बुँदे सहमतिको बारेमा छलफल गर्न लागेका हुन् ।