डिसी महानगर क्षेत्र । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को सातौँ अधिवेशन तथा १४औँ साधारण सभाको उद्घाटन भएको छ ।
उद्घाटन कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पानसमा बत्ती बाली उद्घाटन गरेका छन् ।
अमेरिकाको भर्जिनिया राज्यको स्यानटीली शहरमा आयोजना हुने कार्यक्रम जुलाई २४ र २५ अर्थात् शनिबार र आइतबार हुनेछ ।
उद्घाटन कार्यक्रम साँझ ५ बजे सुरु भएको छ भने कार्यक्रम ८ बजेसम्म चल्नेछ ।
अधिवेशनको पहिलो दिन उद्घाटन कार्यक्रम मात्र हुनेछ । जुलाई २५ आइतबारका दिन बन्दसत्र र नयाँ कार्यकारी समितिको लागि निर्वाचन हुनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रम सफलताको शुभकामना सन्देश पठाएका छन् ।
नेजाको कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा आएनन् । खतिवडाले सन्देश मात्रै पठाएका थिए ।
कार्यकमको अध्यक्षता नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले गरेका थिए ।
प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष हरिहर विरही, महाबाणिज्यदूत प्रेमराजा महत, पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल, पत्रकार तारा वराल, एनआरएएनए अमेरिकाका अध्यक्ष बुद्धि सुबेदी, इन्जाका अध्यक्ष गुणराज लुइँटेललगायतको उपस्थिति रहेको छ ।
कार्यक्रम संचालन महासचिव किरण मरहठ्ठाले गरेका छन् । स्वागत मन्तब्य अधिवेशन संयोजक लीला ओझा ढकालले गरेकी थिइन् ।
















प्रतिक्रिया