८ कार्तिक २०८३, आइतबार

जसपा अध्यक्ष ठाकुर र नेकपा महासचिव चन्‍दबीच भेटवार्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । नेकपाका महासचिव नेत्रविक्रम चन्द र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ठाकुरको निवास ललितपुरस्थित हात्तीवन उनीहरूबीच भेटवार्ता हो । भेटमा चन्द नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा समेत सहभागी थिए ।

उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको चन्दको सचिवालयले जनाएको छ । चन्दले पछिल्लो समय दलका नेताहरूसँग राजनीतिक भेटवार्ता गरिरहेका छन् ।

हिजो शुक्रबार उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासँग भेट गरेका थिए भने त्यसअघि उनले अन्य सबै राजधानी दलका शीर्ष नेतृत्वहरूसँग भेटघाट गरिसकेका छन् । भेटमा विप्लवले सामान्यतः पूर्ववर्ती सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयनमा सघाउन आग्रह गर्दै आएका छन् ।

भूमिगत राजनीति गरिरहेको विप्लव नेतृत्वको नेकपासँग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण सहमति गरी मुलधारको प्रतिस्पर्धी राजनीतिमा फर्काएका थिए ।