काठमाडौं, ९ साउन । एमालेभित्रको विवाद मिलाउनका लागि दवावहरू जारी छन् । सहमतिका लागि कोठे बैठक बाक्लै भएका छन् । तर, ठोस सहमति हुन सकिरहेको छैन ।
दोस्रो तहका नेताहरू विवाद मिलाउन सक्रिय छन् । नेता गोकर्ण विष्टले एमाले विभाजन नहुने बताएका छन् । उनको एमालेलाई मिलाएरै छाड्ने दाबी छ ।
अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच सम्वाद हुन नसकिरहेका बेला दोस्रो तहका नेताहरूले लेनदेन गरेरै भएपनि सहमति गर्नुपर्ने कार्यकर्ताको दवाव छ ।
कार्यकर्ताहरूले शीर्ष नेताहरूका कारण पार्टी ध्वस्त भएको गुनासाहरू गरेका छन् । कार्यकर्ताहरू शीर्ष नेताहरू मिलुन् भन्ने पक्षमा छन् ।
एमालेभित्र कसले खेलेर विवाद समाधान गर्न दिइरहेको छैन स्पष्ट कुरा बाहिर आएको छैन । कुन तत्वले एमालेलाई विभाजन गर्न खोजिरहेको हो खोजविन गर्नुपर्ने माग पनि उठ्न थालेका छन् ।
एमालेका केही अराजक नेताहरू जसले आफूलाई युवा नेता भन्न रुचाउँछन् उनीहरूका गतिविधि पार्टी एकताको पक्षमा छैनन् । सामाजिक सञ्जालमा होस् वा सार्वजनिक कार्यक्रममा हिलो छ्याप्ने प्रवृत्तिले एमाले संकटमा परेको छ ।
प्रतिनिधि सभाको बैठक बस्न शुरु भइसकेको छ । यस्तो अवस्थामा एमालेका नेताहरू मिलेर जानुपर्ने कार्यकर्ताहरूको भनाइ छ । कार्यकर्ताहरूको मनोभाव बुझ्ने अवस्थामा शीर्ष नेताहरू छैनन् । बरु एकले अर्कालाई सिध्याएर एमाले पार्टीको भविष्यमाथि खेलवाड गरेको आरोप छ ।















प्रतिक्रिया