१६ कार्तिक २०८३, सोमबार

परिवर्तन चाहनेहरुले एमालेलाई मन पराउँछन्ः महासचिव पोखरेल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, साउन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले परिवर्तनका आन्दोलनमा लागेका हरेक मानिसहरुले एमालेलाई मन पराउने बताएका छन् । शुक्रबार धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

विभिन्न पार्टीमा जिम्मेवारी सम्हालेका नेता तथा कार्यकर्ताहरुलाई एमाले पार्टीमा प्रवेश गराउँदै महासचिव पोखरेलले स्वागत गरे ।

कार्यक्रममा बोल्दै पोखरेलले लोकतान्त्रिक विचारको पक्षमा रहेका मानिसहरुलाई एमालेको पक्षमा उभिने दाबी गरे । नव प्रवेशीहरुलाई बधाई तथा शुभकामना दिदै उनले पार्टीका हरेक गतिविधिमा रहेर ईमान्दारितापूर्वक काम गर्न निर्देशन दिए ।

महासचिव पोखरेलले भने, ‘पार्टीभित्रको आन्तरिक झमेला झेलिरहेको अवस्थामा पार्टीभित्रै अन्तरसंघर्ष हुने सामान्य कुरा रहे पनि पार्टी महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा जननिर्वाचित प्रधानमन्त्री ढाल्ने षड्यन्त्र गर्नु गलत हो । गलत कुराको पछाडि लाग्ने मान्छे एमाले हुन सक्दैन, एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्न खोज्नु अपराध हो ।’

पार्टीभित्रको खराब आचारण भएका तत्वहरुलाई परास्त गर्दै पार्टीलाई एक ढिक्का बनाउन नेता तथा कार्यकर्तालाई उनले आह्वान गरे ।

त्यस्तै बागमति प्रदेश सभा सदस्य नारायण सिलवालले पार्टी र स्वतन्त्र रुपमा बस्नु बेग्लै रहेको बताउँदै अनुशासनलाई प्राथमिकता दिएर पार्टी काममा लाग्न आग्रह गरे ।

नेताहरुले गरेको गल्तीलाई कार्यकर्ता तहबाटै खबरदारी गरी सुद्धिकरण गर्नुपर्ने बताए । सिलवालले नव प्रवेशीहरुलाई स्वागत गर्दै स्वतन्त्र जीवनभन्दा पाटी जीवन महत्वपूर्ण रहेको बताए । उनले अनुशासनमा रहेर पार्टीलाई साथ दिएर काम गर्न सुझाब दिए ।

उनले जुन पेशामा आवद्ध भएको हो त्यसमा अब्बल बनाउँदै पार्टीको विचारलाई दृढताका साथ अगाडी बढाउन आग्रह गर्दै जनवर्गीय संगठनहरु युवा संघ, अनेमासंघ, अनेरास्ववियू लगायत सबै संगठनमा क्रियाशील रहन अनुरोध गरे ।

काठमाडौँ महानगरपालिका वडा ४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा लगायतका विभिन्न पार्टी करिव ३० जनाभन्दा बढि नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

काँग्रेसबाट एमालेमा प्रवेश गरेका मनोज ढुंगानाले जनतामाझ काम गर्ने पार्टी तथा जनताको बहुदलीय जनवादको विचार आफूलाई मन परेको भन्दै एमालेमा प्रवेश गरेको बताए ।

कार्यक्रममा कामनपा वडा ४ का अध्यक्ष समेत रहेका मोहनबहादुर विष्टले एमाले प्रवेश गर्ने युवाहरुलाई विकास निर्माण र समाज परिवर्तनमा लाग्न आग्रह गरे । वडा सदस्य ध्रुव त्रिपाठीले पनि उनीहरुलाई स्वागत गरी पार्टी संगठनमा जिम्मेवारी दिने बताए ।