
काठमाडौं, ८ साउन । चिल्ड्रेन भिजन नेपालले कागेश्वरी मनोहरा नगरपालिकास्थित मुलपानी नगर अस्पताललाई करिब ११ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि सहयोग पुर्याउने उद्देश्यअनुरुप नगर अस्पताललाई चिल्ड्रेन भिजन नेपालको तर्फबाट सो स्वास्थ्य सामग्री प्रदान गरिएको चिल्ड्रेन भिजनका अध्यक्ष रमेश सिलवालले जानकारी दिए ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ‘चिल्ड्रेन भिजन नेपालले उपलब्ध गराएको स्वास्थ्य सामग्री आज शुक्रबार कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र मूलपानी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रयुष अर्याललाई हस्तान्तरण गरिएको अध्यक्ष सिलवालले जानकारी दिए ।
सिलवाल बालबालिकाको हितमा विगत एक दशकदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनलाई गत वर्ष सरकारले समाज सेवा रत्न पदकबाट समेत विभूषित गरेको थियो ।















प्रतिक्रिया