९ कार्तिक २०८३, सोमबार

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, ८ साउन । कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बिहीबार से १ प ७४६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का ७३ वर्षीय राम खुनाको मृत्यु भएको छ ।

उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएकी खनाकी श्रीमती विष्णु खुनाको उपचार भइरहेको छ ।

ठक्कर दिने मोटरसाइकल चालक वेदकोट नगरपालिका वडा नम्बर ५ का २६ वर्षीय धनबहादुर ओखेडालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।