
काठमाडौँ, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको कार्यक्रम नभएको नेपालको निजी सचिवालयले जनाएको छ ।
उनीहरुबीच भेटवार्ताको समाचार बाहिरिएपछि नेपालको सचिवालयले त्यसको खण्डन गरेको हो ।
सामाजिक सञ्जालमार्फत नेपालका स्वकीय सचिव मोहन गौतमले उनीहरुबीच भेटघाटको कुनै कार्यक्रम तय नभएको स्पष्ट पारेका हुन् ।
गौतमले लेखेका छन्, ‘विभिन्न सन्चारमाध्यमहरूमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र के.पी. शर्मा ओलीबीच आज भेट भएको र हुने तय भएको भन्ने समाचारहरू आइरहेकोमा उहाँहरूबीच भेट नभएको र भेट्ने समय तय पनि नभएको कुरा सम्बन्धित सबैमा स्पष्ट पार्दछु ।’















प्रतिक्रिया