९ कार्तिक २०८३, सोमबार

ओली-नेपालबीच आजै भेटवार्ता हुने

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ ।

उनीहरुबीच पार्टीका दोस्रो पुस्ताका नेताहरुको सक्रियतामा वार्ता हुन लागेको हो ।

ओली पक्षका नेताहरुले ओली र नेपालबीच आजै जतिखेरै भेट हुन सक्ने बताएका छन् ।

त्यस्तै, नेपाल पक्षका नेताहरुले पनि पार्टीलाई एक बनाएर अघि बढ्नका लागि उनीहरुबीच भेटवार्ता हुन लागेको बताए ।

आजै भेट हुने भनिए पनि कहाँ र कुन समयमा भेट हुने भन्नेबारे टुंगो भने लागेको छैन ।