
काठमाडौं, ७ साउन । मेगा बैंक नेपालले आफ्नो ११औं वार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढीपहिरो पीडितलाई १२ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रूपैयाँ र मनाङको चामेका बाढीपहिरो पीडितलाई ५ लाख रूपैयाँ सहयोग गरेको जनाएको छ ।

२०७८ असार १ गतेको बाढीपहिरोबाट ठूलो क्षतिसहित प्रभावित बनेका चामे र हेलम्बुको प्रभावित क्षेत्रमा मेगा बैंकको पनि शाखा रहेकाले स्थानीय समुदाय एवम् समाजप्रतिको उत्तरदायित्व बहन गर्दै सो क्षेत्रका समुदायलाई केही सहयोग होस् भन्ने उद्देश्य अनुरूप स्थानीय सरकारमार्फत आर्थिक सहयोग गरिएको मेगा बैंकले जनाएको छ ।















प्रतिक्रिया