९ कार्तिक २०८३, सोमबार

भरतपुरमा युवकको शवसँगै गोलीको खोका पनि भेटियो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ७ साउन । चितवनको भरतपुर महानगरपालिका– १७ स्थित बनगाई डेरी चोक नजिकै एक युवकको शव फेला परेको छ ।

अन्दाजी ३० वर्षीय युवकको शव शंकास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान भएको छैन ।

डेरी चोकबाट दक्षिणतर्फ शारदानगर जाने बाटोतर्फको बीचमा रहेको घोलमा युवकको शव फेला परेको हो । शव डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको छ ।

घटनास्थलमा एक थान गोलीको खोका समेत भेटिएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिएका छन् ।