बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एनआईसी एसिया बैंक २४ वर्ष पूरा, २७ लाखभन्दा धेरै ग्राहक

दैनिक नेपाल २०७८ साउन ७ गते ८:०४

काठमाडौं, ७ साउन । एनआईसी एसिया बैंकले आफ्नो २४औँ वर्ष सफलताका साथ पूरा गरेको छ ।

बैंकले विज्ञप्ति जारी गरेर आफ्नो यात्रामा साथ दिन सबैलाई स्मरण गर्दै धन्यावाद दिएको छ ।

‘सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ शुरु भएकोे हाम्रो अतुलनीय सहयात्राको फलस्वरुप आज हामी देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक भएका छौं’, विज्ञप्तिमा उल्लेख छ ।

‘आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रयमाससम्म आईपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटिएमको संख्या लगायतका अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकहरूमा देशकै सर्वोत्कृष्ट बैंक बन्न हामी सफल भएका छौं’, विज्ञप्तिमा उल्लेख छ ।

२४ वर्षसम्ममा आइपुग्दा एनआईसी एसिया बैंकका मुलुकभर फैलिएको देशकै सबैभन्दा ठूलो सञ्जाल मार्फत ३५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखा रहित बैंकिङ्ग सेवा तथा ४७१ एटिएममार्फत आफ्ना २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खाताहरूमार्फत ग्राहकमाझ गुणस्तरीय सेवा प्रवाह गर्न सफल भएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित