शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

५ केजी ३ सय ३४ ग्राम चाँदीका गरगहनासहित पक्राउ

दैनिक नेपाल २०७८ साउन ६ गते २०:३१

पर्सा, ६ साउन । पर्सामा करिब साढे ५ केजी चाँदीका गरगहनासहित एक जना पक्राउ परेका छन् ।

वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट ५ केजी ३ सय ३४ ग्राम चाँदी जस्तो देखिने धातुबाट बनेका गरगहनाहरू सहित चितवन खैरेनी नगरपालिका–२ श्रीया ज्वेलर्सका संचालक सप्तरी राजविराज उपमहानगरपालिका–२ मेघरा ठेगाना भएका ४३ वर्षीय अंगत साहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट अवैध रूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले शंकास्पद रूपमा पैदल हिंडिरहेका उनलाई जाँच गर्ने क्रममा उनले बोकेको झोलाभित्र उक्त परिमाणको गरगहना फेला पारी पक्राउ गरेको हो ।

उनलाई उक्त चाँदी सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित