
काठमाडौँ, ६ साउन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
पछिल्लो समय नेताहरुसँग भेट गर्न सक्रिय बनेका विप्लवले वुधबार प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।
छलफलमा विप्लवसँगै नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला तथा गृहमन्त्री बालकृष्ण खाण उपस्थित छन् ।
उनीहरुले अघिल्लो सरकारसँग गरेका ३ बुँदे सहमतिको कार्यान्वयनमा जोड दिँदै आएका छन् ।












प्रतिक्रिया