
काठमाडौँ, ६ साउन । काठमाडौँ उपत्यकामा थप ६९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौँमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २ हजार ८३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ६२८ र एन्टिजेन विधिबाट ३ हजार एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ८३८ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ७ लाख २४ हजार ४५५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ४१५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ३६ हजार ४०२ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ४८५ जना रहेको छ ।
२४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६३७ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया