
काठमाडौँ, ६ साउन । महानगरीय अपराध महाशाखाले काठमाडौँका चार स्थानका शक्तिवर्द्धक पेय पदार्थ ‘रेडबुल’ स्टोरमा छापा मारेको छ ।
महाशाखाको टोलीले न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटारमा रहेको स्टोरमा छापा मारेर चार जना स्टोर सञ्चालकलाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौँका रबिनराज श्रेष्ठ, बाँके घर भएका राजु पौडेल, ओेखलढुंगा घर भएका धन बहादुर श्रेष्ठ र सर्लाही घर भएका वीरेन्द्र चौधरीलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौँका चारवटा स्टोरबाट २०२ कार्टुन (४ हजार ८ सय ४८ वटा) रेडबुल बरामद गरिएको प्रहरीले जनाएको छ । २०७६ असार मा प्रकाशित राजपत्र भाग–५ मा क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ विक्री, वितरण बन्देज गरिएको छ ।
पक्राउ गरिएकाहरुले भारतबाट त्यस्ता पेय पदार्थ ल्याएर बेच्ने गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार रेडबुल प्रतिबन्धित पेय पदार्थ रहेको बताएको छ ।
पक्राउ गरिएकाहरुलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया