शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

एनआरएनए स्कटल्याडको अध्यक्षमा पाण्डेको उम्मेदवारी

दैनिक नेपाल २०७८ साउन ६ गते १५:३८

लन्डन, ६ साउन । एनआरएनए यूकेको स्कटल्याण्ड राज्य समन्वय परिषदमा दिवाकर पाण्डेले उम्मेदवारी दिएका छन् ।

हाल परिषद कार्यसमितिमा सचिव रहेका पाण्डेले आगामी कार्यकालको लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

सोमबार उम्मेदवारी दर्ता गरेसँगै आफ्ना १२ बुँदे घोषणा पत्र सार्वजनिक गरेका छन् ।

उनले स्कटल्यान्डमा बस्ने नेपालीहरुमध्ये आधा संख्यालाई एनआरएनएमा आवद्ध गर्ने, स्कटल्यान्डमा नेपाली भाषा, संस्कृति प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउने आदि प्रतिवद्धता घोषणा पत्रमा उल्लेख गरेका छन् ।

त्यस्तै, पाण्डेले एनआरएनए स्कटल्यान्डलाई च्यारिटीमा दर्ता गर्ने, संस्थागत पारदर्शिता विकास गर्ने, स्थानीय नेपाली संघसंस्थाको सशक्तिकरण र सहकार्य बढाउने, नयाँ पुस्तालाई एनआरएनए अभियानबारे बुझाउने जस्ता एजेन्डा पनि अघि सारेका छन् ।

यस्तो छ पाण्डेको घोषणा पत्र:

गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य संमनमय परिषदका आगामी कार्यकालका अध्यक्षका प्रत्यासी दिवाकर पाण्डेको चुनावी घोषणापत्र २०२१

गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य संमनमय परिषदका आगामी कार्यकालका अध्यक्षका प्रत्यासी दिवाकर पाण्डेको चुनावी घोषणापत्र २०२१

आदरणिय स्कटल्याण्ड बासी आमा बुबा, दाजु भाई तथा दिदी बहिनीहरु

यस स्कटल्याण्ड राज्य समितीको निबर्तमान कार्यसमितिको सचिवको जिम्मेवारी बहन गरी आर्जन गरेको ज्ञानलाई अझै ससक्त बनाउँदै आगामी कार्यसमितिको अध्यक्षको रूपमा काम गर्ने अबसर प्राप्त भएमा मुलभुत निम्न कामहरु पुरा गर्ने हार्दिक प्रतिबद्धता गर्दछु ।

● स्कटल्याण्ड भर छरिएर रहेका सबै गैरआवासीय नेपालीहरू बिच सहयोग, सद्भाव र एकताको सन्देश प्रवाह गर्ने।

● हाम्रो मातृभूमि नेपाली सस्कृति,भाषा र सभ्यताको कर्मभूमि स्कटल्याण्डका पनि संरक्षण र प्रवर्दन गर्ने।

● बिदेसमा रहेका गैरआवासीय नेपालीहरुलाई प्राप्त भएका संबैधानीक तथा कानूनी अधिकारहरूको कार्यन्वयनको लागी जोडदार पहल गर्दै नेपालमा रहेका हाम्रा पैतृक सम्पत्तिको पुस्तौं सम्म संरक्षण गर्ने ।

● संघिय सिद्दान्त अनुरुप यस स्कटल्याण्ड राज्य समितीलाई गैरआवासीय नेपाली संघ यु के को बिधानले दिएका अधिकारहरूको कार्यन्वयन गर्ने र आबश्यकता अनुसार अन्य अधिकार प्राप्तीको लागी पहल गर्ने ।

● यस स्कटल्याण्ड राज्य समितीलाई स्कटल्याण्डको स्थानिय कानून अनुसार च्यारिटी संस्थाको रूपमा दर्ता गरी परोपकारी कामलाई अझै ससक्त बनाउँने ।

● स्कटल्याण्ड गैरआवासीय नेपालीहरु आबद्ध रहेका सबै सामाजिक संस्थाहरुलाई अझै एकताबद्ध र ससक्त बनाउँदै उदाहरणीय परोपकारी काम गर्ने ।

● यस स्कटल्याण्ड राज्य संमनमय परिषदको आर्थिक हिसाब किताब पारदर्शि र सही राख्ने ।

● स्कटल्याण्ड भरी रहेका सबै गैरआवासीय नेपाली हरुलाई गैरआवासीय नेपाली संघको उद्देश्य, यसले प्राप्त गरेका उपलब्धिहरू सुचित गराउँदै आगामी दिनमा गर्नु पर्ने कामहरुको बारेमा सुझाब लिने।

●स्कटल्याण्डमा रहेका गैरआवासीय नेपालीहरु मध्ये कम्तीमा ५०% गैरआवासीय नेपालीहरु लाई गैरआवासीय नेपाली संघमा आबद्ध गर्ने ।

●स्कटल्याण्डमा रहेका गैरआवासीय नेपालीहरु बिच सद्भाव र एकतालाई अभिबृद्धि गर्ने उद्देश्यले सबैलाई उपयुक्त हुने स्थानमा प्रत्येक समरमा एक सास्कृतिक कार्यक्रमको आयोजना गर्ने ।

● यस आगामी कार्यसमितिको बैठक स्कटल्याण्डमा रहेका मुख्य शहरहरु ग्लासगो, एडिनबर्ग, फाईफ र अबर्डिनमा आबश्यकता अनुसार पालै पालो बस्ने ।

● गैरआवासीय नेपालीका संतान दोस्रो पुस्तालाई गैरआवासीय नेपाली संघको गठन यसको आबश्यकता र महत्वको बारेमा सुसुचित गर्ने

प्रतिक्रिया
सम्बन्धित