७ कार्तिक २०८३, शनिबार

‘युरो कप विथ फोनलोन काम्पैन’ को विजेता लक्ष्मी बैंकका अशोक कुमार खति

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ६ साउन । फोनलोनले आफ्नो ३-हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ ।

यस क्याम्पेन का विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति हुनु भएको छ र उहाँले सामसङ्ग को ५५-इन्च स्मार्ट टिभी जितेका छन् ।

सो क्याम्पेन असार १ गते देखी २३ गते सम्म चलेको थियो भने यसमा फोनलोन सन्जालका ५ बैंक – लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोन का प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए ।

यस क्याम्पेनमा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो । विजेता छनौट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’ द्वारा गरिएको थियो ।

यस क्याम्पेन मार्फत फोनलोनले ग्राहकहरु माझ कागज-रहित, धितो-रहित स्मार्ट लोन सुविधा बारे जानकार गराएको छ ।