७ कार्तिक २०८३, शनिबार

सुनको मूल्य एकै दिन ७०० रुपैयाँले घट्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ साउन । नेपाली बजारमा सुनको मूल्य एकै दिन ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वुधबार सुन प्रतितोला ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ७०० रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

उता चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।