७ कार्तिक २०८३, शनिबार

प्रभु बैंक र कान्तिपुर हस्पिटलबीच सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । प्रभु बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

प्रभु बैंक लि.को बबरमहस्थित केन्द्रीय कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठका बीच प्रभु बैंकले आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक लि.बाट उपलब्ध गराइएको आर्थिक सहयोगमा कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामग्रीहरू खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाई भोगिरहेका आर्थिक रुपमा विपन्न बिरामीहरूको निःशुल्क उपचार गर्ने अस्पतालको योजना रहेको छ ।

यसबाट कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा उपचारका लागि आउने बिरामीहरूले अत्याधुनिक स्वास्थ्य सामग्रीहरूको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् ।