मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

तनहुँको अकला मन्दिरबाट विभिन्न सामान चोरी

दैनिक नेपाल २०७८ साउन ५ गते १३:२२

तनहुँ, ५ साउन । तनहुँको अकला मन्दिरबाट विभिन्न सामान चोरी भएको छ ।

प्रहरीका अनुसार म्याग्दे गाउँपालिका–६ स्थित सो मन्दिरबाट ५ केजीको कालीमाताको मूर्ति १ थान, १ केजीको कालीमाताको मूर्ति १ थान, १ केजी दुर्गा माताको मूर्ति १ थान र १ केजी गणेशको मूर्ति १ थान सोमबार राति चोरी भएको छ ।

त्यस्तै शंख १ थान र तरवार १ थान पनि चोरी भएको प्रहरीले जनाएको छ । च्यानल गेटको ताला लगाउने चुक्कल काटी पित्तलले बनेका उक्त मूर्तिहरुलगायत सामान चोरी भएको बताइएको छ ।

चोरीमा संलग्न व्यक्तिहरू फरार भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित