८ कार्तिक २०८३, आइतबार

कृषि तथा पशु क्याम्पसको निर्माणाधीन ट्याङ्कीमा खसेर ६ वर्षीय बालकको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरस्थित कृषि तथा पशु क्याम्पसको निर्माणाधीन सेफ्टी ट्याङ्कीमा खसेर ६ वर्षीय बालकको मृत्यु भएको छ ।

स्वयम्भुमा बसोबास गर्दै आएका दोलखाका निवास शेर्पाका छोरा ६ वर्षीय विश्व उदासको सेफ्टी ट्याङ्कीमा खसेर सोमबार साँझ मृत्यु भएको हो । कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित कृषि तथा पशु क्याम्पसको निर्माणधिन ट्याङ्कीमा पर्खाल लगाउने क्रममा आफ्नो बुबासँगै आएका उदास खेल्दाखेल्दै अच्चानक ट्यांकीमा खसेका थिए ।

गम्भीर घाइते भएको उदासलाई उपचारका लागि बयोधा अस्पताल बल्खु लगिएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।