
काठमाडौं, ५ साउन । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३७४ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै त्यहाँ कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख १४ हजार ५१३ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३० हजार ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यो अवधिमा ४५ हजार २५४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ११ लाख ७४ हजार ३२२ पुगेको छ । ती मध्ये ३ करोड ३ लाख ५३ हजार ७१० जना संक्रमणमुक्त भएका छन् ।
अहिले भारतमा ४ लाख ६ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् । भारतले आफ्ना ४१ करोड १८ लाख ४६ हजार भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ ।















प्रतिक्रिया