
काठमाडौं, ५ साउन । आज मंगलबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य थप घटेको छ ।
आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ८०० र तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सोमबार चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया