शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

गोकुल बास्कोटा भन्छन्– एमालेजनले व्यक्ति वा पार्टीमध्ये एक रोज्ने बेला आयो

दैनिक नेपाल २०७८ साउन ५ गते १०:५९

काठमाडौं, ५ साउन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले एमाले कार्यकर्ताले व्यक्ति वा पार्टीमध्ये एक रोज्ने बेला आएको बताएका छन् ।

अब एमाले र माधव नेपाल सँगै हिँड्न नसक्ने अवस्थामा पुगेकाले कार्यकर्ताले माधव नेपाल वा पार्टी रोज्ने बेला भएको उनको भनाइ छ । अध्यक्ष केपी ओली निकट नेता बास्कोटाले माधव नेपालले जित्दा एमा पार्टीले हार्ने बताउँदै सँगै हिड्न नसकिने स्पष्ट पारेका हुन् ।

शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि माधव नेपालसहित २२ जना सांसदलाई एमालेले स्पष्टीकरण सोधेलगत्तै बास्कोटाले देशभरका कार्यकर्तालाई एमाले वा माधव नेपालमध्ये एक रोज्न आग्रह गरेका हुन् ।

बास्कोटाले भनेका छन्, ‘अब एमाले र माधव नेपाललाई न त सँगै हिँडाउन सकिन्छ न त जिताउन नै । माधव जित्दा एमाले नै हार्छ तर एमाले जित्दा माधव मात्र हार्छन् । तसर्थ देशभरका एमालेजनले विनाअलमल व्यक्ति वा पार्टी मध्ये एक रोज्न पर्छ । अर्को विकल्प छैन ।’

प्रतिक्रिया
सम्बन्धित