काठमाडौं, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटार देउवा र दाहालबीच भेटवार्ता भएको हो । भेटमा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
देउवालाई भेट्नु अगाडि प्रचण्डले कोटेश्वरमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त कुराकानी गरेका थिए ।
प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि अब मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ । यो साताभित्रै मन्त्रिपरिषद विस्तार गर्नका लागि नेताहरूले सक्रियता बढाएका छन् ।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री यसअघि नै नियुक्त गरेका थिए । मन्त्रिपरिषद २५ सदस्यीय बनाउन मिल्छ । अरू मन्त्रालय प्रधानमन्त्री देउवाले नै राखेका छन् ।















प्रतिक्रिया