काठमाडौं, ५ साउन । ग्रेट वाल मोटर्स नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीहरूको साथमा प्रवेश गरेको छ । उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारका लागि ग्रेट वाल मोटर्सका गाडीहरु पर्यायवाची नैं बनिसकेका छन् ।
नेपालको अटोमोटिभ डिलरशिप क्षेत्रमा विविध अनुभव बोकेको बिशाल ग्रुपको सहायक संस्था भी. जी. इम्पेक्स प्रा. लि. नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक विक्रेता रहेको विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न क्षेत्रहरूमा सफलता संगालेको अनुभवलाई उपयोग गर्दै भी.जी.इम्पेक्सले जीडब्लुएमसँग सहकार्य गर्दै अहिले दुईवटा एसयूभी र एक पिक–अप मोडेल बजारमा ल्याएको छ । यी तीनै वटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहनेमा कम्पनी विश्वस्त छ ।















प्रतिक्रिया