७ कार्तिक २०८३, शनिबार

माछापुच्छ्रे बैंकको सहयोगमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोरोना विशेष वार्ड स्थापना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । माछापुच्छ्रे बैंक लिमिटेडले हालको कारोना भाइरसको महामारीलाई मध्यनजर गर्दै काठमाण्डौँको महाराजगञ्जमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना बिशेष वार्डको स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ ।

गएको २ वर्षदेखि विश्वव्यापी रुपमा फैलिदै गएको कारोना भाइसरको महामारीका कारण अहिले हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आश्यकता महसुस गरि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त अस्पतालमा कोरोना बिशेष ववार्डको स्थापना गरिदिन लागेको हो ।

कोरोना विशेष वार्ड स्थापना गर्ने सम्बन्धि सम्झौता पत्रमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्तान्तरण गरेका छन् ।

सम्झौता पश्चात बैंकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले अस्पताल परिसरमा उपलब्ध गराएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी वार्ड शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई हस्तान्तरण गर्नेछ ।