शन्चन्, ५ साउन । अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आधिकारिकरुपमा ओपो रेनोभेटर्स २०२१, ईमर्जिंग आर्टिस्ट प्रोजेक्टको तेस्रो संस्करणको घोषणा गरेको छ ।
विश्वभरका कला तथा प्रविधि प्रेमीहरुको प्रतिस्पर्धा हुनाका साथै नयाँ रचनाकारलाई कला तथा प्रविधि मार्फत भविस्यको सटिक कल्पना गर्न सघाउने प्ल्याटर्फमका रुपमा सघाउनेपनि ओपो रेनोभेटर्स २०२१को उद्देश्य रहेको छ ।
विश्वभर रेनोभेटर्स कार्यक्रमको थालनी मार्फत ओपोले उदयिमान कलाकारहरुका लागि तिनका काम प्रदर्शित गर्ने तथा स्थापित कलाकारहरुसंग प्रेरितहुँदै तिनका मार्गदर्शन प्राप्त गर्दै अमूल्य करियर अवसरहरु प्राप्त गर्न सघाउने सक्रिय समुदायको निर्माण गर्नेछ ।
ओपो रेनोभेटर्सले नयाँ सिर्जनाकारहरुलाई प्रविधि मार्फत आफ्ना श्रृजना तथा सोच प्रस्फूटनका लागि प्रेरित गर्छ । कार्यक्रमको ब्राण्ड ईनिशियटर (आरम्भकार)का रुपमा ओपोका उपाध्यक्ष तथा अध्यक्ष, ग्लोबल मार्केटिंग विलियम ल्यूले भने, ‘ओपोले सँधै नै श्रृजनात्मक यूवा पुस्ताका शक्ति माथि विश्वास गर्दै तिनका उत्कृष्टता विश्वका सामू ल्याउने चाहना बोकेको छ । विश्व बदल्ने प्रेरणा आजका यूवा पुस्ता माझबाटै आउने सम्भावना प्रबल छ । त्यसैले हामी तिनका रचनात्मक सोचलाई सार्थकता दिन सदैव तत्पर छौँ ।’
यस बर्षको रेनोभेर्स कार्यक्रमको थिम (विषय) प्रकाश हो । अधिकांश जीवनका लागि अपरिहार्य अंग तथा पृथ्वीमा शक्तिको प्रमुख श्रोतका रुपमा प्रकाशलाई सँधैनै मायाँ तथा आशा जस्ता सकारात्मकताको प्रतिकका रुपमा लिने गरिन्छ ।
प्रकाशको न्यानोपन तथा चमक मार्फत शान्ति र आशावादको प्रत्याभुति दिन सकिने र यसै मार्फत यूवा रचनाकारहरुलाई कलाको नयाँ सिमा कोर्दै तिनको श्रृजनशिलताका लागि झिल्का प्रदान गर्न सकिने कुराप्रति ओपो आशावादी छ ।















प्रतिक्रिया